काठमाडौंः अपी पावर लिमिटेड ले पुस २९ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको बाइसौं साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्दै छ । कम्पनीको साधारण सभा काठमाडौंमा हुने छ ।