काठमाडौंः स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ले १५ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक वर्षको मनाफाबाट कम्पनीले सो लाभांस दिने भएको हो ।
पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको लघु वित्तले जनाएको छ । घोषित लाभांस मध्ये १४ दशमलब २५ प्रतिशत बोनस शेयर तथा शुन्य दशमलब.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनकालागि रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित गरेपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्न सक्ने छन् ।