काठमाडौंः नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांस दिने घोाषणा गरेको छ । संस्थाले गत वर्षको मुनाफाबाट सो लाभांस दिने घोषणा गरेको हो ।
सञ्चालक समितिको पुष १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय अनुसार १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।