पात्रो

रेडियो

समाचार खोजी

तोलामा एक सयले घट्यो सुनको मूल्य

साझा अर्थ संवाददाता २७ भदौ २०८१, बिहिवार

काठमाडौँ: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो । यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्