काठमाडौंः सालपा विकास बैंक लिमिटेडको आइपीओ मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सो आइपीओ निष्काशन हुने भएको हो ।
बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । सोम मध्ये १० प्रतिशत बैदेशिक राजगारीमा रहेका नेपालीहरुकोलागि निष्काशन गर्न लागेको बैंकले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।