काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले छलफल गरेका छन् । नेपालमा लगानीका सम्भावनाका विषयमा उनिहरुले छलफल गरेका हुन् ।
उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका विषयमा छलफल गरेको उहाँका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । सो क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका थिए । चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भन्नुभयो नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता नभएको बताउनुभयो । नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायत क्षेत्रमा ढुक्क भएर लगानी गर्न उहाँले उक्त अवसरमा आग्रह गर्नुभयो । सो अवसरमा हेहेहुयी आर्थिक तथा सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष यीन लिउबिङले चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
साझा अर्थ संवाददाता