काठमाडौंः कालिञ्चोक दर्शन लिमिटेडले शेयरधनीहरुलाई पाँच प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो लाभांस वितरण गर्ने भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयर धनीहरुलाई लाभांस वितरण गरिने छ ।