काठमाण्डौः सिक्लेस हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांस को घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । यस्तेग्री बैठकले मंसिर २९ गते साधारण सभा समेत डाक्ने निर्णय गरेको छ ।
सधारण सभाले लाभांस प्रस्ताव पारित गर्नाकासाथै सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्ने छ । साधारण सभा तथा लाभां वितरण प्रयोजनकालािग कम्पनीले मंसिर १८ गते बुककलोज गर्दै छ ।