पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकमको नाफामा तीव्र गिरावट: पहिलो त्रैमासमै ४१ करोडको घाटा

साझा अर्थ संवाददाता ३ मंसिर २०८२, बुधवार

काठमाडौँ । डिजिटल प्रतिस्पर्धा चर्किँदै जाँदा नेपाल टेलिकमको व्यवसायिक स्वास्थ्य कमजोर बन्दै गएको छ। कम्पनीले पहिलो त्रैमासमै नाफा २४ प्रतिशतले घटेर ४१ करोड रुपैयाँभन्दा बढी गुमाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमले यो अवधिमा मात्रै ४१ करोड ४४ लाख रुपियाँ खुद नाफा गुमाएको छ ।
समीक्षा अवधिमा टेलिकमले एक अर्ब ३२ करोड रुपियाँ खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तो नाफा गत आवको सोही अवधिमा एक अर्ब ७३ करोड रुपियाँ थियो । एक वर्षकै अन्तरमा टेलिकमले करिब २४ प्रतिशतले नाफा गुमाएको हो ।
यस अवधिमा टेलिकमको सञ्चालन आय सामान्य घटेको छ । प्रतिवेदन अनुसार पहिलो त्रैमासमा कम्पनीले आठ अर्ब ६७ करोड ९५ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिमा आठ अर्ब ६८ करोड एक लाख रुपियाँ थियो ।
एक वर्षमा टेलिकमले छ लाख ७१ हजार रुपियाँ सञ्चालन आम्दानी गुमाएको तथ्याङ्कले देखाउँछ । सञ्चालन आय भन्नाले टेलिकमले आफ्नो सेवा बिक्री गरेबापत आर्जन गरेको आम्दानी बुझाउँछ । यो आम्दानीमा टेलिकमले निक्षेपबापत आर्जन गरेको ब्याज जोडिँदैन ।
ब्याजसहितको कम्पनीको कुल आम्दानी पनि घटेको छ । पहिलो त्रैमासमा कम्पनीले नौ अर्ब ४७ करोड १० लाख रुपियाँ आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५९ करोड रुपियाा २६ लाख रुपियाँले कम हो । गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब छ करोड ३७ लाख रुपियाँ आम्दानी गरेको थियो ।
विदेशबाट हुने आगमन कल घट्दा कम्पनीको आम्दानी र त्यसले नाफामा समेत असर पारेको कम्पनीले जनाएको छ । खास गरी कल तथा भिडियो कल गर्न सकिने तेस्रो पक्ष एपको प्रयोग बढ्दा टेलिकमको नम्बर विदेशबाट सोझै आउने कल व्यापक घटेको छ । यसले कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पारेको छ ।
त्यस्तै कम्पनीले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा राखेको मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी घट्दा आम्दानी र नाफामा असर पुगेको कम्पनीले जनाएको छ । बजारमा ब्याजदर नै घटेका कारण ब्याज आम्दानीबापत कम्पनीले ५० करोड रुपियाँ गुमाउनु परेको जनाएको छ ।
आम्दानी र नाफा दुवै घटे पनि कर्मचारीतर्फ कम्पनीको व्ययभार भने बढेको देखिन्छ । कम्पनीका अनुसार कर्मचारी बिमा खर्च १.९५ करोडले बढेको छ भने सम्बन्धी खर्च १६.५ करोडले बढेको छ । यसले कुल कर्मचारी खर्च आठ करोड ८० लाख रुपियाँले बढेको टेलिकमले जनाएको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ