पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

साझा अर्थ संवाददाता २६ कार्तिक २०८२, बुधवार

काठमाडौं । सानिमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिको निर्णयानुसार आचार्यलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
नवनियुक्त सिइओ आचार्य २०६० सालमा सानिमा बैङ्कको स्थापनाकालदेखि नै बैङ्कमा कार्यरत रहेर बैङ्किङ क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगाल्नु भएको बैङ्कले जनाएको छ ।
हाल नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आउनुभएका उहाँले यस अघि पनि बैङ्कको दशवटा विभागमा विभागीय प्रमुखका रुपमा काम गरिसक्नुभएको छ ।
कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेका आचार्य  बैङ्कको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिका अध्यक्षका  रुपमा कार्यरत हुनुहुन्छ । प्रडक्सन इन्जिनियरिङमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेका आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गर्नुभएको छ ।

77 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ