पात्रो

रेडियो

समाचार खोजी

साताको तेस्रो कारोबार दिन पनि नेप्से १३.०९ अंकले घट्यो

साझा अर्थ संवाददाता २५ भदौ २०८१, मङ्गलवार

साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक १३.०९ अंकले घटेर २ हजार ६३२.९४ विन्दुमा आइपुगेको छ ।

पछिल्लो चार कारोबार दिनदेखि तल झरिरहेको नेप्सेले यो दिन पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ। यो दिन ३२८ वटा कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो दिन १७० वटा कम्पनीको मूल्य घटेको छ भने ६७ वटा कम्पनीको मूल्य बढेको छ । आठ वटा कम्पनीको मूल्य भने स्थिर छ । दिनभरको उताचढावका बीच शेयर बजार घटेर बन्द भएको छ ।

यो दिन शिर्ष कारोबार एचआईडीसीएलको संस्थापकतर्फको । उक्त कम्पनीको २९ करोड ८१ लाख रुपैयाँभन्दा माथिको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७६ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।यसैगरी, सीईडीबी हाइड्रोपावरको २० करोड ३४ लाखभन्दा बढीको शेयरखरिदबिक्री भएको छ ।

त्यसैगरी,यो दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूह मध्ये व्यापार उपसमूह बढेको छ भने होटल्स एन्ड टुरिजम उपसमूह स्थिर रहेको छ । बाँकी अरु उपसमूहमा रातो पोतिएको छ ।यस दिन व्यापार उपसमूहको परिसूचक ०.७९ प्रतिशतले बढेको छ। त्यस्तै, यो दिन सबैभन्दा बढी वित्त उपसमूह ०.९९ प्रतिशतले घटेको छ ।यसैगरी, लघुवित्त उपसमूह ०.९१प्रतिशतले घटेको छ ।

यसैगरी, यो दिन दुई वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा मानुषी लघुवित्त वित्तीय संस्था, थ्रीस्टार हाइड्रोपावर छन् ।  त्यसैगरी, अपर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य ७.५४ प्रतिशतले बढेको छ । त्यस्तै यो दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ५.८० प्रतिशतले बढेको छ ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु