कार्यक्रम: नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोशिप र सर्टिफिकेट कोर्स।
लक्ष्य: सामाजिक उद्यमिता, गरिबी निवारण, र समावेशी विकासलाई प्रवर्द्धन गर्ने।
लक्षित समूह: १८ वर्ष पूरा गरेका नेपाली युवा, स्टार्टअप संचालकहरू, र सामाजिक सरोकार भएका व्यक्तिहरू।
आवेदन मिति: आगामी कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने।
काठमाडौँः नबिलबैंक लिमिटेडले नबिल स्कूलअफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहकालागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ आवेदन खुलाइएको हो । स
कार्यक्रममा उद्यमशीलता मार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएकाव्यक्तिहरु सहभागीहुन सक्ने नविल बैंकले जनाएको छ । १८वर्ष उमेर पूरा भएका इच्छुक नेपालीनागरिकहरुले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदनदिन सक्ने बैंकको भनाई रहेको छ ।
बैंककाप्रमुखकार्यकारी अधिकृत (सिईओ) मनोजकुमार ज्ञवालीले यस पटकदेखि नबिल एसएसई कार्यक्रमलाई मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्नवर्गलाई केन्द्रित गरिएका बताउनुभयो ।
मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै नबिल एसएसई अन्तर्गतका कार्यक्रम उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालनगर्दै पछाडि पारिएका समुदायसम्म पुग्न तथा वित्तीय नवप्रवर्तन प्रवद्र्धन गर्दै समावेशी विकास र रोजगारी सृजनामा केन्द्रित भएको उहाँले बताउनु भयो ।
नबिल एसएसई अन्तर्गत दुई वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंककाअनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौँ समूहकालागि आवेदनखुलाइएको हो । छ महिनाअवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा सञ्चालनभइरहेको छ ।
फेलोसिपकार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरुलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीयपहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म७६ जना सहभागी भइ ६२ उद्यम सञ्चालन भइरहेका छन् ।
त्यसैगरी सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालित छ । तीन महिना अवधिको यो कोर्स िवभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोशीप्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज, मोनास्टिक सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुल र बाग्मती प्रदेशमा क्याम्पियनक लेजमा यो कार्यक्रम सञ्चालनभइरहेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशन लकलेज, दिव्यज्योति बहुमुखीक्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिकउद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भइ एक हजार ६९ जनाले लाभलिइसकेका छन् ।
बैंककाअनुसार नबिल एसएईका दुवै कार्यक्रममा सहभागीहुनचाहनेले नबिल बैंकको वेबसाइट, नबिल एसएईको सोसल मिडियामार्फत आवेदनदिन सक्नेछन् ।