आर्थिक सुधारको आधार तयार हुँदैः महासंघका अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देश मा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए ।
ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए ।
ढकालले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय वित्त निगम नेपाल टोलीसँग मिलेर निजी क्षेत्रमा इएसजी कार्यक्रम ल्याउन कार्यरत रहेको पनि बताए ।
भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए । फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए ।
70
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो