पात्रो

रेडियो

समाचार खोजी

म्यानमारमा महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

साझा अर्थ संवाददाता २२ असोज २०८२, बुधवार

काठमाडौँ । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा प्याराग्लाइडरको  आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टमा सो घटनामा ४७ जना घाइते भएका छन् ।

चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो । 

यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि समावेश थियो । यो आक्रमण म्यान्मार सरकारले गराएको दाबि गरिएको छ । 

सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्र संघको अनुमान छ कि द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक मारिएका छन् ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ