पात्रो

रेडियो

समाचार खोजी

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

साझा अर्थ संवाददाता २० असोज २०८२, सोमवार

म्याग्दी, २० असोजः मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् ।    
    
 प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ । रोजगारी, पेसा व्यवसाय र अध्ययनको सिलसिलामा देशका विभिन्न सहर तथा विदेशमा पुगेका पूर्वविद्यार्थी तथा मगरदाङ्ग जन्मथलो भएकाहरु आवद्ध मञ्चले कोष स्थापना गरेको हो ।    
    
 मञ्चका अध्यक्ष घनबहादुर फगामी, सचिव तथा म्याग्दी प्रवासी नेपाली मञ्च (मोना)का कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्ववडाध्यक्ष पिपला बुढालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकी र प्रअ अमृत बृढाथोकीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।    
    
 कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २४ वटा कम्प्युटर पुगेका छन् । थप १० वटा कम्प्युटर थप गरेर कम्प्युटर कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ । विद्यालयले गरेको प्रस्तावअनुसार विभिन्न ठाउँमा रहेका पूर्वविद्यार्थी तथा प्रवासी मगरदाङबासीबाट नगद सङ्कलन गरेर उपकरण खरिद गरी उपलब्ध गराइएको मञ्चका सचिव फगामीले बताउनुभयो ।    

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ