पात्रो

रेडियो

समाचार खोजी

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको जोखिमका कारण बन्द

साझा अर्थ संवाददाता १८ असोज २०८२, शनिवार

चितवनः  नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चित कालका लागि बन्द गरिएको छ । सो सडब खण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा पहिरो र ढुंगा खस्ने सङ्कटका कारण सडक अनिश्चितकालीनका लागि सडक बन्द गरिएको हो । 
लगातार रहेको मूसलधार वर्षाका कारण ढुंगा पन्छाउन नसकिएको र अझै पनि भारी वर्षाको सम्भावनाले जोखिम मुल्याङ्कन गर्दै सो सडक  बन्द गरिएको हो जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  डीएसपी सूर्यबहादुर थापाले अर्को सूचना नभएसम्म सडक बन्द रहने जानकारी दिनुभउको छ ।  यसअघि पनि असोज महिनाको पहिलो सातामा उक्त सडकमा पहिरोले गर्दा ३६ घण्टा यातायात अवरोध भएको थियो । यस्तै  मुग्लिन–नागढुंगा सडकखण्डमा पनि जवाङ खोलामा आज बिहान पहिरो खसेको थियो, जुन हटाइसँगै यातायात सेवा सञ्चालनमा आएको सडक विभाग भरतपुरले बताएको छ ।

72 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ