पात्रो

रेडियो

समाचार खोजी

यस्तो छ बडा दशैँको टीकाको शुभ साइत

साझा अर्थ संवाददाता १६ असोज २०८२, बिहिवार

काठमाडौँ : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । साथै समितिले टिका लगाउनेले पुर्व फर्केर टिका लगाउने समतिले उल्लेख गरेको छ । 

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान ९ बजेर २३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।  

त्यस्तै समितिले आज १२ बजेर १९ मिनेटमा तुलजाभवानी यात्रा र दिउसो १ बजे १७ मिनेटमा स्थिरासन खड्गयात्राको शुभसाइत रहेको जानकारी दिएको छ ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ