पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुने

साझा अर्थ संवाददाता ९ असोज २०८२, बिहिवार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी छन् ।

कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला प्रधानमन्त्री समेत हुन् ।

राष्ट्रका नाममा सम्बोधन अघि आजै मन्त्रिपरिषद्को बैठक पनि बस्ने भएको छ । मन्त्रिपरिषद्को विस्तारपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

 

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ