काठमाडौंः बिहीबार,नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । सुनको मूल्यमा प्रतितोला एक हजार ७०० रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीप्रतितोला १५ रुपैयाँ घटेको छ । बिहीबारको बजारमा चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।