पात्रो

रेडियो

समाचार खोजी

सरकारले फेर्यो काठमाडौंका प्रमुख जिल्ला अधिकारी

साझा अर्थ संवाददाता ९ असोज २०८२, बिहिवार

काठमाडौं: सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । 

प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रिजालमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप थियो ।

सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेका काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो । 

यसअघि सरकारले मंगलबार एकैपटक गृह सचिव गोकर्णमणि दुवाडीको समेत सरुवा गरेको थियो 

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ