पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

साझा अर्थ संवाददाता ८ असोज २०८२, बुधवार

काठमाडौं: राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । 

राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनलाई संशोधन गरेको हो । निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान रहेकाले सरकारले जेनजी आन्दोलनको भावना अनुसार उनीहरुलाई मतदानको अवसर दिन निर्वाचन कानुनमा संशोधन गरेको हो ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ