पात्रो

रेडियो

समाचार खोजी

नयाँ मन्त्रीको शपथ २ बजे गर्ने तयारी

साझा अर्थ संवाददाता ६ असोज २०८२, सोमवार

काठमाडौँ: मन्त्रीमा सिफारिस भएका चार जनाको शपथ आज हुने भएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले अपराहन्न २ बजे शपथ गराउने गरि तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, डा. संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

तर डा. मिश्राको विषयमा प्रश्न उठेपछि उनको शपथ भने रोकिएको छ । अहिलेसम्म प्रधानमन्त्री कार्कीले मिश्रको विकल्पमा अर्को नाम नदिएको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालय, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् ।

यस बाहेक उनीहरुलाई थप अन्य मन्त्रालयको समेत जिम्मेवारी दिइने बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ