पात्रो

रेडियो

समाचार खोजी

पाँच जना मन्त्रीले आज शपथ लिँदै

साझा अर्थ संवाददाता ६ असोज २०८२, सोमवार

काठमाडौँः प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीमा सिफारिश गर्नुभएका पाँच जनाले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनु हुन्छ । 
प्रधानमन्त्री कार्कीले आइतबार पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, अतिरिक्त सचिव डा.संगिता मिश्रा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको थियो । 
प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, डा. मिश्रलाई स्वास्थ्य, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालय, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालय दिनु हुने बताइएको छ । 
प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताइसक्नु भएको छ । यसअघि रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिर्ईसकिएको छ ।

85 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ