पात्रो

रेडियो

समाचार खोजी

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन माग

साझा अर्थ संवाददाता ६ असोज २०८२, सोमवार

काठमाडौँ : ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान’ले निजामती कर्मचारी, सुरक्षाकर्मीलगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाइ सहज र सुरक्षित कार्य वातावरण तत्काल निर्माण गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी बनाउन आह्वान गरेको छ । 

    अभियानले नेपालको सार्वजनिक प्रशासन रूपान्तरण गर्ने अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्दै जेनजी आन्दोलनको भावना अनुरुप भ्रष्टाचारको अन्त्य र सुशासनको बहालीप्रति पूर्ण सहमति जनाएको हो । अभियानले एक प्रेस विज्ञप्तिमार्फत भष्टाचारमुक्त र सुशासनयुक्त सार्वजनिक प्रशासन निर्माण गरी जेनजी आन्दोलनको मूल मर्म र भावनालाई कार्यान्वयन गर्न सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । 

    सार्वजनिक प्रशासनमा कर्मचारी सरुवा, बढुवा लगायतका वृत्ति प्रणाली र सार्वजनिक सेवा प्रवाहको विकृति र विसङ्गतिको जडकोरूपमा रहेको विद्यमान दलीय ट्रेड युनियन तत्काल खारेज गर्न अभियानले माग गरेको छ । 

77 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ