पात्रो

रेडियो

समाचार खोजी

सिजीका सामान खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहार

साझा अर्थ संवाददाता २३ भदौ २०८१, आइतवार

सिजी ब्राण्डले दसैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’स्किम सार्वजनिक गरेको छ। ग्राहकले दसैं-तिहार थप उल्लासमय बनाउन प्रत्येक सिजीका सामान खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामान खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सकिनेछ।

स्किममा निम्न पक्का उपहार छन्:

- सिजी टिभी (६५” र ७५”) र सिजी क्यूलेड (५५”  र माथि) को खरिदमा २.१ स्पिकर फ्री
- सिजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री,
- सिजी रेफ्रिजरेटर (SBS/मल्टी-डोर) को खरिदमा मरिडिया भ्याकुम फ्री
- सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री
- सिजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल (६ किलो) फ्री
- सिजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री
- सिजी डिशवाशर को खरीदमा डिशवाशर किट फ्री

चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। योजनाअन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा क्यासब्याक प्राप्त गर्न सकिनेछ।

त्यसैगरी, सिजीले ग्राहकलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत नि:शुल्क जडान प्रदान गर्नेछ। यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।

नेपालकै ठूलो ब्राण्ड सिजीले प्रत्येक नेपालीको मन जित्न सफल भएको कम्पनीको दाबी छ। ग्राहकलाई मध्यनजर गर्दै सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ। जसमा प्रिमियम सामान मात्र उपलब्ध हुनेछ।

136 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्