पात्रो

रेडियो

समाचार खोजी

निर्वाचन आयोगसँग गृहमन्त्री अर्यालको छलफल

साझा अर्थ संवाददाता २ असोज २०८२, बिहिवार

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् । फागुन २१ गरे निर्वाचन गराउने कार्यभारसहित बनेको सरकारले निर्वाचनको विषयमा छलफल शुरु गरेको हो 

विहिबार गृहमन्त्री अर्यालले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको बताउदै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने धारणा राखेका थिए । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन गर्नुपर्ने बताएका थिए ।

विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली थप्न नमिल्ने व्यवस्था भएकाले कानून संशोधनको प्रस्ताव ल्याउन निर्वाचन आयोगलाई आग्रह गरे । 

साथै विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी मतदानमा सहभागी गराउनु पर्ने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधमान कानुन अनुसार विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सम्भव नरहेको जानकारी गराएका थिए । उनले आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोगले सहजीकरण गर्ने धारणा राखेका थिए ।

87 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु