पोखरा: मुस्ताङस्थित बेनि-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।
विहिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।