पात्रो

रेडियो

समाचार खोजी

रिभर फल्सको हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला

साझा अर्थ संवाददाता २३ भदौ २०८२, सोमवार

काठमाडौः रिभर फल्स पावर लिमिटेड ले आज बाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको हो । 
हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न गरिएको कमपनीले जनाएको छ । कम्पनीले ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । शेयर निष्काशन प्रयोजनकालागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु