काठमाडौं : माछापुछे्र बैंकको वार्षिक साधारणसभा असोज १० गते बस्ने भएको छ । लाभांश पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्न सो दिन साधारणासभा बस्ने भएको हो
पोखरा स्थित सभा होटल ग्रान्डमा बिहान ११ बजे सुरू हुने सञ्चालक समितिले जनाएको छ । साधारण सभाले गत आर्थिक वर्षकालागि ४ प्रतिशत नगद लाभांश ४ प्रतिशत बोनस सेयर पारित गर्ने, ८.२५ प्रतिशत लाभांश दिने ३ अर्ब रूपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने लगायतका प्रस्ताव परित गर्ने बैंकले जनाएको छ ।