नेपाल राष्ट्र बैङ्कले यस वर्षको दशैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्ने व्यवस्था मिलाउन लागेको हो । राष्ट्र बैङ्कका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको छ ।
काठमाडौँ । नजिकिँदै गरेको दशैंका लागि यसपाली पनि नयाँ नोट साट्न नपाई भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि नयाँ नोटको सट्टा सुकिला नोट साटेर चित्त बुझाउनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले यस वर्षको दशैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्ने व्यवस्था मिलाउन लागेको हो । राष्ट्र बैङ्कका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको छ ।
बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने जनाएको छ ।
साथै इजाजत पत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैङ्कले जनाएको छ ।