पात्रो

रेडियो

समाचार खोजी

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

साझा अर्थ संवाददाता १२ भदौ २०८२, बिहिवार

काठमाडौंः स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । विहिवार सो आइपीओ बाँडफाँट गरिएको हो । 
लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो। कुल  २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन गर्नु भएको थियो ।  आवेदन दिएका मध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो ।  २ हजार ३०० आवेदन रद्द भएको थियो। गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडपाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर ५ जनाले प्राप्त गरेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएकाे छ । 

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु