पात्रो

रेडियो

समाचार खोजी

माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकप्रा.लि र प्रभु बैंक बीच विशेष छुट सम्झौता

साझा अर्थ संवाददाता ५ भदौ २०८२, बिहिवार

काठमाडौंं : पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्कीस्थित माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लिको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा सुविधा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लिमा प्राप्तगर्न  सकिनेछ । उक्त सम्झौता¬–पत्रमामाछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लिका तर्फबाट चिकित्सानिर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक श्रीभावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाशपौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको थियो ।  

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३५ लाखभन्दा बढि ग्राहकहरु रहेका छन् ।

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु