पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित

साझा अर्थ संवाददाता ५ भदौ २०८२, बिहिवार

काठमाडौंः नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्डबाट बैंक सम्मानित भएको हो । 
यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो ।
नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ । 
नबिल बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरणीय, समाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ । नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाई वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केनिद्रत गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकका यिनै कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो । 
बैंक यसअघि पनि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु