पात्रो

रेडियो

समाचार खोजी

श्रावण महिनामा २ अर्ब १५ करोड पूँजिगत लाभकर संकलन

साझा अर्थ संवाददाता ३ भदौ २०८२, मङ्गलवार

काठमाडौंः श्रावण महिनामा सरकारले सेयर बजारबाट २ अर्ब १५ करोड पूँजिगत लाभकर संकलन  गरेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार उक्त महिनामा सरकारले सो रकम पुँजीगत लाभकर बापत प्राप्त गरेको हो ।
श्रावण महिनामा  सेयर बजारमा वृद्धि हुनुका साथै दैनिक रुपमा उच्च रकमको सेयर कारोबार भएका कारण अकर्षक पूजिगत लाभकर प्राप्त भएको बताइएको छ ।  तर गत श्रावण महिनामा भने सरकारले सेयर बजारबाट ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार पुँजीगत लाभकर प्राप्त गरेको थियो । 
आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट सरकारले कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ