काठमाडौंः नेपाली बजारमा मंगलवार सुनको मूल्यमा १२ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ । सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि आज प्रतितोला १५ रुपैयाँले गिरावट आएको महासंघको भनाई रहेको छ ।