पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकद्वारा लेखापरीक्षण प्रतिवेदनको ढाँचा हेरफेर

साझा अर्थ संवाददाता ३ भदौ २०८२, मङ्गलवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंकहरुले तयार पार्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचामा हेरफेर गरेको छ । सोमबार एक परिपत्र जारी गर्दै  लङ फर्म अडिट रिपोर्टको ढाँचा हेरफेर गरेको हो ।
एकीकृत निर्देशन संशोधन गर्दै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन नयाँ ढाँचामा तयार गर्नु पर्ने सूचनामा जनाइएको छ ।  लेखापरीक्षकले जोखिम व्यवस्थापनबारे दिनुपर्ने राय थप गर्दै कर्जा जोखिमजर्फ गैरबैंकिङ सम्पत्ति, ईएसआरएम, जोखिम व्यवस्थापन समितिबारे पनि राय दिनुपर्ने व्यवस्था नयाँ गरिएको छ । भुक्तानी प्रणाली, पुँजी पर्याप्तता र पुँजीबारे अनुपालना पालना गरे नगरेको विषयलगायतका विषयहरु  अडिट रिपोर्टमा सामेल गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ