पात्रो

रेडियो

समाचार खोजी

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता २९ साउन २०८२, बिहिवार

काठमाडौंः दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले विहिवार शेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।  कम्पनीको आइपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।  ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेका हुन ।

कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन गरेकोमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको थियो । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको गरेको थियो ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु