पात्रो

रेडियो

समाचार खोजी

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा बढ्यो

साझा अर्थ संवाददाता २९ साउन २०८२, बिहिवार

काठमाडौंः एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्कोपनीकाे गत आर्थिक वर्षको नाफामा बृद्धी भएको पाइएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिष्कृत विवरण अनुसार कम्पनीको नाफामा बृद्धी भएको पाइएको हो । 
गत आर्थिक वर्षमा कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरणमा उल्लेख छ । सो भन्दा अघिल्लो वर्ष कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा सो भन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० गुणा बढी खुद आम्दानी गर्न कम्पनी सफल भएको छ । 
समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत तथा वित्तीय आम्दानी १८.६५ प्रतिशत घटेको पाइएको छ ।  सो अवधिसम्ममा कम्पनीले लगानी बिक्रीबाट भने ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । 
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६९ पैसा बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.६४ गुणा रहेको पाइएको छ ।

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु