पात्रो

रेडियो

समाचार खोजी

प्रभु बैंकको नाफा बढ्यो

साझा अर्थ संवाददाता २८ साउन २०८२, बुधवार

काठमाडौं : गत आर्थिक वर्षमा  प्रभु बैंकको  नाफामा बृद्धी भएको पाईएको छ । बैंकले सार्वजनिक गरेकोे गत आर्थिक वर्षको  चौथो त्रैमासिकको परिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा सो भन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएकोे हो ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५ दशमलब ४१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ। जसका कारण नाफा वृद्धिदर उल्लेख्य देखिएको हो । बैंकले गत वर्ष प्रकाशित गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो । इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गत वर्ष प्रकाशित विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ रहेकोमा हाल प्रकाशित विवरण अनुसार सोही अवधिसम्ममा बैंकको यस्तो चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

२०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु