पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकले कमायो ७ अर्बभन्दा बढी नाफा

साझा अर्थ संवाददाता २७ साउन २०८२, मङ्गलवार

काठमाडौं : नेबिल बैंकले गत आर्थिक वर्षमा सात अर्ब बढी नाफा कमाएको छ । बैकले सार्वजनकि गरेको गत आब को चौथो  त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नविलले सो नाफा आर्जन गर्न सफल भएको हो ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष नविलले  ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । सो भन्दा अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको नाफा १५.०१ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशत बढेको पाइएको छ ।  कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २५.४४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेकोले सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।

नाफा बढेसँगै  बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा पुगेको भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा पुगेको छ ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु