काठमाडौंः एभरेष्ट बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जनु अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा बैैंकको खुद नाफा बढ्न बढेको बैंकले जनाएको छ । बैंकको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा पुगेको छ ।