काठमाण्डौः कालिञ्चोक दर्शन लिमिटेडको नामाफामा वृद्धि भएको छ । कम्पनीको आम्दानीमा बृद्धी भएसँगै नाफामा पनि बृद्धि भएको हो ।
कम्पनीले सर्वाजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण अनुसार कम्पनीले गत आबमा ७ करोडड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५ दशमलब ६५ प्रतिशतले बढी हो ।
यो सँगै कम्पनीको नाफा ४७ दशमलब ०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
गत आबको चौथौ त्रैमासिक सम्ममा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५ दशमलब ४१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६ दशमलब ९७ रुपैया र चालु अनुपात ३.९४ प्रतिशत रहेको छ ।