पात्रो

रेडियो

समाचार खोजी

हिमालयन इन्भेष्टमेन्टले ठुला कम्पनीमा लगानी गर्न ४ अर्बको लार्ज क्याप फण्ड ल्याउने, बोर्डबाट पायो अनुमति

साझा अर्थ संवाददाता २५ साउन २०८२, आइतवार

काठमाडाैः हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामुहिक लगानी कोष योजना संचालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २२ गते योजना संचालन गर्नको लागि अनुमति प्रदान गरेको हो। फण्डले साउन ११ गते बोर्डमा आवेदन दिएको थियो।

कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि एचएलआई लार्ज क्याप फण्ड नामको बन्दमुखी योजना संचालन गर्न अनुमति पाएको हो। लार्ज क्याप फण्ड भनेको धेरै चुक्ता पुँजी भएका अर्थात् ठूला कम्पनीको शेयरमा लगानी गर्ने फण्ड हो।

यस फण्डको आकार ४ अर्ब रुपैयाँको रहेको छ। जसमा प्रति इकाई १० रुपैयाँको दरले ४० करोड इकाई निष्काशन हुने छ।

291 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु