काठमाडौंः सिद्धार्थ बैंकले गत आवमा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको छ । बैकले हालै सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिकको अपरिस्कृत बित्तीय विवरण अनुसार बैंकको खुद नाफामा १० दशमलब २३ प्रतिशत बृद्धी भएको हो ।
समिक्षा अवधिमा बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको वित्तीय विवरणमा उल्लेख छ । सो अन्दा अघिल्लो वर्षमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बेंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशतले बढ्दै ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यसैगरी बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ८४ करोड र सञ्चालन मुनाफा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात भने २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ ।