काठमाडाैः कुमारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ४५ हजार प्रतिशत भन्दा धेरैले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ लाख ८ हजार रुपैयाँ मात्रै थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ५२९ प्रतिशतले बढेर ६ अर्ब १३ करोड पुगेको छ।
कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याएको रकम ६ अर्ब ८४ करोडबाट घटेर २ अर्ब ७९ करोडमा सिमित भएको छ। इम्पेयरमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढेको देखिन्छ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक रहेको छ। वितरणयोग्य नाफा ऋणात्मक रहेकोले बैंकले लाभांश दिन सक्ने छैन।
कम्पनीको चुक्ता पुंजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी बढेर ८.०७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ।
125
Shares