पात्रो

रेडियो

समाचार खोजी

स्वस्तिक लघुवित्तले श्रावण ३० बाट आइपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता २१ साउन २०८२, बुधवार

काठमाडौंः स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । 
लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लाई, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि,  २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । 
दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आइपीओ निष्काशन बन्द छिटोमा भाद्र ३ गते तथा ढिलोमा भाद्र १३ गते हुनेछ ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्