काठमाडौंः माबिलुङ इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणकालािग श्रावण २६ गते बाट आइपीओ जनारी गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गर्न लागेका जनाएको छ ।
कम्पनीले गत असार १ गते शेयर निष्कासकालागि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते हुने जनाइएको छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।