काठमाडौंः सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्ष नाफामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी नफामा पुगेको हो ।
कम्पनी द्वारा सार्वनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षमा नाफामा पुगेको उल्लेख छ । गत आबको अन्त्यसम्ममा कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी ले नाफा आर्जन गर्न सफल भएको हो । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा तथा प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा रहेको छ ।