काठमाण्डौः खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक बराबर एक को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
असार २७ गते बुक क्लोज गरिएकोले असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले हकप्रदमा आवेदन गर्न सक्ने छन् । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।