काठमाडौः आज नेपाली बजारमा सूनको मूल्यमा बृद्धी भएको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार छापावलासुन प्रतितोला १ हजार चार सयले बढेको हो ।
आज सुन प्रतितोला लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाला सुुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बृद्धी भएको थियो । आज चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ । मंगलवार चाँदी २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।